समय : ०७:४४ pm | बुधबार , माघ २३ गते २०८१

बालबिवाह तथा लागू औषध विरुद्ध कार्यक्रम

सन्तोष सुनार | जेठ २८ गते २०८०

प्युठान । जिल्लाको प्युठान नगरपालिका ५ जुम्रीकाडामा बालबिवाह तथा लागू औषधका विरुद्ध अभिमुखिकरण सम्पन्न भएको छ । आईतवार प्युठान नगरपालिकाको आयोजनामा वडा न. ५ जुम्रीकाडाको जनता माध्यामिक विद्यालय बास्कोटमा बालबिवाह तथा लागू औषधका विरुद्ध १ दिने अभिमुखिकरण सम्पन्न भएको हो ।

विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाइ प्युठान नगरपालिका ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन सुमनराज श्रेष्ठले बालबिवाह तथा लागू औषधसम्बन्धि प्रशिक्षकमा रहेर जानकारी गरउनुभएको थियो । बालविवाह गर्दा शिक्षामा बन्चित , मानशिक तनाव , सम्बन्ध विग्रदो हुदा डिभोर्स हुने जस्तो समस्याहरु आएको बताउदै लागु औषधले जीवनमा हरेक चुनौति र ज्यान जाने गरेको बताउनुभयो। त्यसैले यि दुवैबाट ताढारहि आफ्नो जीवन सुख , सयल गराउन पढाईमा विशेष ध्यान दिई बालविवाह र लागु औषध बाट बच्न र बचाउन समाजमा जनचेतना फैलाउने उहाले विद्यार्थीहरुलाई बताउनु भएको थियो ।

उहाले बालविवाहले गर्दा घटेका घटनाको प्रवृतिहरु विद्यार्थीलाई सुनाउदै तपाईहरुलाई भोलीका दिनहरुमा तपाईमाथि यस्ता खालका समस्याहरु नआओस भनी यस अभिमुखिकरण कार्यक्रम चलाएको समेत बताउनु भएको थियो । कार्यक्रमा इलाका प्रहरी कार्यलय विजुवारबाट एक प्रहरी , शिक्षक र विद्यार्थीको सहभागी रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्