समय : ०८:३६ pm | बिहिबार , फागुन १४ गते २०८२

प्यूठानका प्रतिश जिसीले लिए डेब्यू विकेट

स्वर्गद्वारी अपडेट | फागुन १६ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान ।  आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली डेब्यूटान्ट प्रतिश जिसीले विकेट लिएका छन् । टस जितेर फिल्डिङ गरेको नेपालका लागि प्रतिशले ३३.३ ओभरमा पपुवा न्युगिनीका हिरीहिरीलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन् । उनको यो एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट हो ।तीव्र गतिका १८ वर्षीय बलर प्रतिश प्युठानमा जन्मिएका हुन् । तर, उनले घरेलु प्रतियोगितामा वागमती प्रदेशका लागि खेल्दै आएका छन् ।

यो पनि पढ्नुहोस्