समय : ०८:३५ pm | बिहिबार , फागुन १४ गते २०८२

दारी ग्याङ प्युठानद्वारा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

स्वर्गद्वारी अपडेट | फागुन १६ गते २०७९
सन्तोष सुनार प्यूठान । दारी ग्याङ प्यूठानले प्युठान नगरपालिका ३ रातामाटा रहेको मुक्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका ५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । दारी ग्याङ प्युठान ले आफ्नो सहयोग यात्रालाई निरन्तर दिइरहेको छ । प्युठान मा स्थापना काल देखि गरिब दुखी को घाउमा मलम पटि बनेर उदाएको दारी ग्याङ प्युठानले पछिल्लो समयमा उपचार बाट बन्चित भएकाहरुका लागि आर्थिक संकलन गरि उपचारमा सहयोग गर्ने लगाएतका कार्यहरु गर्दै आएको छ । प्युठान जिल्लामा युवाहरुको सक्रियतामा स्थापना भएको दारी ग्याङ प्युठानले जिल्लामा आफ्नो नाम अग्रपंक्तिमा राखेको छ । सामाजिक कार्य कै क्रममा दारी ग्याङ प्युठानले अध्यक्ष जीवन खनाल को नेतृत्व मा आज सोमवार प्युठान नगरपालिका वार्ड नम्बर ३ रातामाटा मा रहेको मुक्ति माध्यमिक विद्यालय मा अध्ययन गर्ने बिपन्न परिवार का ५ जना विद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गरेको छ । कार्यक्रममा उपाध्यक्ष गणेश गिरि र संस्थापक सह संयोजक लोकराज थापा को सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्