समय : ०७:०७ pm | बिहिबार , फागुन १४ गते २०८२

प्युठान डान्स आइडलमा १० उत्कृष्ठ मध्ये दुई जना बाहिरिए

स्वर्गद्वारी अपडेट | फागुन ११ गते २०७९
सन्तोष सुनार प्यूठान ।स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवको प्युठान डान्स आइडल गत मंगलबार उत्कृष्ठ १० जना प्रतिष्पर्धी छानिएका हिजो बुधवार सातौ दिन आएडलले भोटिङ को ५० प्रतिशत  र निर्णयकको ५० प्रतिशतको आधरमा मुन्नी घर्ती र अञ्जली जिसी प्यूठान नगरपालिका दुइ जना आउट भइ ८ जना टपमा परेको  प्यूठान डान्स आइडल व्यवस्थापन समिति संयोजक प्यार अलि खानले जानकारी दिएका छन्।

  प्यार अलि खान           

जसका नामहरु एलिसा थापा मल्लरानी गाउँपालिका ,मनिषा घर्ती नौबहिनी गाउँपालिका ,विरा घर्ती मगर स्वर्गद्वारी नगरपालिका ,सृष्टि रेग्मी झिमरुक गाउँपालिका ,सायना सुनार प्यूठान नगरपालिका अर्जुन भण्डारी प्यूठान नगरपालिका रेजिना केसी गौमुखी गाउँपालिकार सरस्वती घर्ती मगर प्यूठान नगरपालिकाको रहेका छन । बाहिरिएका प्रतिस्पर्धीलाई   रियान एण्ड रिदिमा कस्मेटिक सर्जिकल हाउसका प्रो . राजन सुवेदिले मायाको चिनो  दिएका  थिए  ।

राजन सुवेदि

। निरन्तर बाहिरिने प्रतिस्पर्धीलाई   सुवेदिले मायाको चिनो स्वरुप गिफ्ट  दिदै आएका छन्  । अब  ८ जना टोलिको प्रस्तुति रहनेछ ।आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ भने फस्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ, सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र पाउने छन्। उत्कृष्ठ १० जना प्रतियोगी छनौट भएसंगै भोटिङ सुरु गरिने छ। मेला हेर्न आउने दर्शक भोटिङमा सहभागी हुनेछन्। प्युठान डान्स आइडललाई टाइटल प्रायोजन लुम्बिनी सिटि अस्पताल बुटवलले गरेको छ। प्रतिस्पर्धीहरुको नृत्य प्रतिभाको मूल्याङ्कन नृत्य निर्देशिका बबिता धिताल, बबिता बोहोरा तथा नृत्य निर्देशक साहिर केसीले गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्