सन्तोष सुनार प्यूठान
फागुन ११ गते । स्वर्गद्वारी प्यूठान पाचौं महोत्सवमा शुद्ध चिउरी अर्गानिक मह सरुमारानि गाउँपालिका - ४ मानन्देका हुम बहादर थापा र उनको श्रीमति नमी
थापा मगरले विक्रिवितरण गरिरहेका छन ।
शुद्ध अर्गानिक कात्तिके शुद्ध चिउरी मह तारेको तथा झोल मह एक केजी रु८०० का दरले विक्री वितरण गरेको थापाले बताए । आफ्नै घरमा लोकल घार ५० वटा र आधुनिक मेलिफेरा मौरीका घार १०० गरी जम्मा एकसय पचास घारमा व्यसाय गरिरहेका छन । विगतको सशस्त्र द्वन्द्कालमा १३ वर्षको उमेरमा रोल्पाको थवाङ पुगेका थापा मर्छुकी भन्ने डरले भागेर ईन्डिया गएको बताए ।
इन्डियामा तेह्र वर्ष काम गरी नेपाल फर्कि फेरी पैशा कमाउने आशामा मलेशिया पुगेको थापाले भने । मलेशिमा दूई वर्ष सम्म कृषि कम्पनीमा रहेर विभिन्न फुलहरु उत्पादनमा काम गरेको जानकारी दिए । बिदेशमा गरेको दु:ख र बगाएको पसिनाको आधरमा आफ्नै देशमा केहि गर्नु पर्छ मिहेनत गरेपछि जहा पनि फलाउन सकिन्छ भन्ने उदेश्यले वि स २०७० सालबाट मौरी पालन सुरु गरेको र अहिले व्यवसाय सन्चालन गरेका ९ वर्ष भएको स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । व्यवसाय एकदम राम्रो र मुनाफा भएको छ विशेस गरी वर्षका असोज , कार्तिक र मशिंर महिनामा धेरै उत्पादन तथा विक्रि हुने थापाकी श्रीमति नमी थापामगरले बताइन । मौरी व्यवसायवाट वर्षमा आठ देखि दशलाख कमाई हुने थापामगरले जानकारी दिइन ।
व्यवसायीहरुको लागि उचित बजार व्यवस्थापन र समयमै विक्री वितरण हुन नभएको गुनासो गरेका छन । व्यवसायी थापाले कान सुन्न नसक्ने र बोल्न पनि नस्कने तिन जना अपाङ्गा भाईहरु प्रेम ब थापा , सितराम थापा र खुम बहादुर थापा ,बुहारी शिवा थापा र दाईको छोरा गगन थापा हरुलाई मिलेर काम गरेको बताए । भाईहरु अपाङ्गा भाएको कारण आफु भाईहरुको लागि भए पनि दुख गर्ने बताए । थापाले बाख्राको फर्म समेत छ । उनले ७० वटा बाख्रा पालेका र व्याडका लागि एउटा बयर क्रस बोका रहेको छ । बाख्राबाट वर्षमा दुई देखि तिन लाख आम्दानी गर्ने बताए ।

नेपाल सरकारले प्रत्येक जिल्लाका स्थानिय तहमा उत्पादन हुने बस्तुहरुको वजार व्यवस्थित हुनसके किसान तथा व्यवसायी अझ सक्रिय भएर लाग्थे र देशमै रोजगार भएपछि वैदेशिक जानु पर्ने अवस्था नआने समेत थापाले बताए ।