समय : ०४:०८ pm | बिहिबार , फागुन १४ गते २०८२

पोखरामा बस दुर्घटना, ४२ जना घाइते, केहीको अवस्था गम्भीर

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान , पोखरा महानगरपालिका २६ लेखनाथ डाँडाको नाक प्रहरी चौकी अगाडि बस दुर्घटना हुँदा चालकसहित ४२ जना घाइते भएका छन् । पोखरा विश्वविद्यालयबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरूको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयाे । 'ब्रेक फेल' भएपछि बस सडकबाट खोल्सामा खसेको चालकले बताएका प्रहरी प्रमुख केसीको भनाइ छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । बसमा धेरैजसाे पोखरा विश्वविद्यालयबाट फर्किँदै गरेका विद्यार्थी रहेका छन् ।

यो पनि पढ्नुहोस्