स्वर्गद्वारी अपडेट प्यूठान ।
माओवादी केन्द्रले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । सागै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।
बुधबार जारी सर्कुलरमा सापकोटा र भुसाललाई पार्टी उपाध्यक्ष बनाइएको उल्लेख छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । सभामुख सापकोटा पार्टीको जिम्मेवारीमा थिएनन् भने भुसाल उपमहासचिव थिइन् ।
यससँगै माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ ।








