जिल्लामा अपराध न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम जिल्ला प्रहरी कार्यलयबाट सक्रिय साथ सन्चालन हुदै
स्वर्गद्वारी अपडेट
माघ १६ गते २०७९
9:04 PM
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्यूठान
जिल्लामा अपराध न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्यूठानले सक्रिय साथ सन्चालन गर्दै आइरहेको छ ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सोमवार जिल्लाको प्रहरी चौकी ढुङ्गेगढी, दाङवाङ, बड्डाडा,अ।प्र ।पोष्ट कैरन र बाग्दुला प्यूठानबाट आआफ्नो वडा एरियाहरुमा प्रहरी टोली खटी गई स्थानिय समाजसेवी, बुद्धिजिवी व्यक्तिहरुलाई भेला जम्मा गरी गाउँ, टोलमा हुन सक्ने अपराधिक प्रवृतिका क्रियाकलापको निगरानी गर्ने, चोरीबाट बच्ने उपायहरु, अपरिचित व्यक्ती गाउँमा आएमा सोधपुछ गर्ने र कुनै शंकास्पद ब्यक्ति देखा परेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न तथा फोन गर्न जनसमुदायलाइ आग्र गरेको जिलला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।जिल्लामा प्रहरीले बालविवाह बहु बिवाह र लागुऔषध न्यूनिकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम समेत गर्दै आइरहेको छ ।