असाेज १२ गते २०८०
10:29: AM
असाेज १२ गते २०८०
10:29: AM

ब्राउन सुगरसहित ९ जना पक्राउ

माघ १६ गते २०७९
4:01 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सवर्गद्वारी अपडेट प्यूठान ।सिरहा प्रहरीले नवराजपुर गाउँपालिका २ मझौराबाट लागूऔषध ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ओमप्रकाश यादवको घरमा छापा मारेर ईलाका प्रहरी कार्यालय झाँझपट्टीको टोलीले ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ २८ ग्रामसहित ९ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा घरधनी यादव, सोही ठाउँका २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवरामकुमार यादव, लहान नगरपालिका १२ का ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी पक्राउ परेका हुन् ।त्यसैगरी लहान नगरपालिका–५ का २७ वर्षीय इरफान हुसेन, लहान नगरपालिका-१ का १९ वर्षीय कृष्णा पासमान, सप्तरी शम्भुनाथ नगरपालिका–१२ अर्नाहका २३ वर्षीय रमेश पासमान र सप्तरीकै शम्भुनाथ नगरपालिकाका २२ वर्षीय सुरेशकुमार पासमान पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाइल ८ थान, मोटरसाइकल ४ थान र नगद ४ हजार ८ सय ८५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस