असाेज ९ गते २०८०
09:28: AM
असाेज ९ गते २०८०
09:28: AM

आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस, सार्वजनिक बिदा

पौष २७ गते २०७९
8:35 AM

WordPress database error: [Duplicate entry '5f7077a96eb284432469e9638f4547fd' for key 'md5']
INSERT INTO `wp5k_litespeed_avatar` SET url='https://secure.gravatar.com/avatar/3e6b6a6f6ac130048b15519309e25d7e?s=60&d=mm&r=g', md5='5f7077a96eb284432469e9638f4547fd', dateline=1695699838

Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान, हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।उहाँको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस मनाइन्छ ।  सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

रिप्लाई गर्नुहोस