फागुन १० गते २०८०
07:27: AM
फागुन १० गते २०८०
07:27: AM

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

पौष २३ गते २०७९
1:11 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान ।श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो ।संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा कुपोषण समस्या यथावत् छ भने यसवर्ष २९ लाख बालबालिकासहित अनुमानित ६२ लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता छ ।देशले पछिल्लो पटक भोगेको आर्थिक सङ्कटबाट पनि बालबालिकाको स्वास्थ्यसम्बन्धी बानी र मानिसको क्रयशक्तिमा आएको कमीका कारण कुपोषण बढेको श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले बताउनुभएको छ । उहाँले कुपोषणको समस्या समाधानका लागि आवश्यक कदम चालिएको पनि बताउनुभएको छ ।
 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page