असाेज ९ गते २०८०
07:34: AM
असाेज ९ गते २०८०
07:34: AM

कास्कीमा आगलागीमा परि निवर्तमान वडाध्यक्षको ज्यान गयो

पौष १८ गते २०७९
10:25 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान ।आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो ।वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्ने गर्नुहुन्थ्यो । उहाँका छोरा/बुहारी गाउँकै अर्को घरमा बस्ने गरेका छन् ।गुरुङ २०७४ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । आगलागीबाट गुरुङको घरसँगै रहेको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी  दिनुभयो ।

रिप्लाई गर्नुहोस