विश्व कप फुटबलमा डेनमार्कलाई पराजित गरी फ्रान्स अन्तिम १६ मा
स्वर्गद्वारी अपडेट
मंसिर ११ गते २०७९
8:33 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान, विश्व कप फुटबल अन्तर्गत गएराति भएकाे समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराएको छ ।
जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ । फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे ।
उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।विश्व कप फुटबल अन्तर्गत हिजै भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । पाेल्यान्डले साउदी अरेबियालाई २–० गाेलले हराएकाे हाे ।यस्तै, कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकाेलाई २–० गाेलले हराएकाे छ भने हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई १–० गाेलले पराजित गरेकाे हाे ।