प्युठान। माण्डवी गाउँपालिकामा सञ्चालित दोस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ५ ले हात पारेको छ।माण्डवी गाउँपालिकाको आयोजनामा मार्सीवाङ खेल मैदानमा भएको पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा २ लाई हराउँदै उपाधि जितेको हो।
उपाधिसँगै पुरुष भलिबल टिम प्रथमले ४० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।उपविजेता वडा २ ले ३० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।तेस्रो तर्फ वडा ४ ले २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
त्यस्तै महिला भलिबल तर्फ वडा ५ले हात परेको छ।उपाधिसँगै महिला भलिबल टिम प्रथमले ४० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।वडा ३ लाई हराउँदै उपाधि जितेको हो।तेस्रो वडा ४ ले २० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
क्रिकेट पुरुष तर्फ वडा ५ ले हात पारेको छ।वडा ३ लाई हराउँदै उपाधि जितेको हो। तेस्रो तर्फ वडा ४ ले २० हजार हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।प्रत्येक खेल विधाबाट एक एक जना उत्कृष्टलाई नगद पाँच हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
खेल शुक्रबारबाट खेलाईएको थियो सो खेलको उद्घाटन संबिधानसभासदस्य नारायण अधिकारीले गरेको थिए।प्रतियोगितामा महिला तथा पुरुष भलिबल र पुरुष तर्फ क्रिकेट गरी जम्मा तिन विधामा खेल खेलाइएको थियो।