मंसिर १२ गते २०८०
06:16: PM
मंसिर १२ गते २०८०
06:16: PM

प्युठान–भालुबाङ सडक खण्ड साँझसम्म खुल्ने सम्भावना

असाेज २२ गते २०७९
2:40 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्वारी अपडेट ,प्युठान  अविरल वर्षात परिरहदा पहिरोका कारण अवरुद्ध भएको प्युठान–भालुबाङ सडकखण्ड प्रहरीको संयोजनमा खुलाउने प्रयास भइरहेको छ। निरन्तर वर्षाले ठाउँ ठाउँमा पहिरो खस्दा पूर्ण रुपमा सडक अवरुद्ध भएको हो । दर्भानदेखि जस्पुरसम्मको ३० किलोमिटर सडक क्षेत्रको बेसारपानी, खहरेखोला,मोतिपुर, सिमलचौर लगायतका थुप्रै स्थानमा पहिरोले सडकमा क्षति पुर्याउँदा आवतजावत बन्द भएको छ । अबरुद्ध बाटोलाई बिहानैदेखि स्काभेटरको सहायताबाट खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनले भने ,’ पहिरो पन्छाउन सवै श्रोत साधन प्रयोग गरेका छौँ, पानी परेन भने सांझ सम्म अबरुद्ध बाटो सुचारु हुने संभावना छ।’ बाटो पूर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । बैकल्पिक भित्री सडकहरु पहिरोको कारण ठप्प हुँदा दशैका लागि जिल्ला भित्रिएका सर्वसाधारण फर्किन सकेका छैनन ।  

रिप्लाई गर्नुहोस

You cannot copy content of this page