अखिल क्रान्तिकारी प्यूठानको तेस्रो पुर्ण बैठक सम्पन्न
स्वर्गद्वारी अपडेट
भाद्र ७ गते २०७९
5:39 AM
स्वर्गद्वारी अपडेट
राजेन्द्र रावतक्षेत्री,प्यूठान । अखिल क्रान्तिकारी प्यूठानको तेस्रो पुर्ण बैठक विभिन्न निर्णय गर्दै सोमबार पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज दल ब। के। सी (जागृति) ले वैदेशिक हस्तक्षेप बढिरहेको समयमा राष्ट्रिय स्वाधिनताको लडाइँमा सम्झौताहिन संघर्ष गर्न युवा बिध्यार्थीलाई आव्हान गरे ।उनले भने (एकातिर दिनानुदिन राष्ट्रघाती सम्झौताहरु भइरहेका छन् भने अर्कोतिर नेपाली दलालहरु शिक्षालाई व्यापारीकरण गर्दै हुनेखानेका शिक्षा प्रणाली र हुदाँखानेका शिक्षा प्रणालीमा बर्गिकरण गरिरहेका छन् । यसर्थ अबको संघर्ष राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै असमान शिक्षाको अन्त्य गर्ने अभियानमा संगठनलाई खरो उतार्नु पर्छ ।त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज विष्णु बहादुर रावत विज्ञान ले कमिसन र नाफाको भरमा शिक्षालाई बिकृत पार्ने शैक्षिक माफियाहरु लाई जनकारबाही गर्ने हैसियत अखिल क्रान्तिकारी संग मात्र भएको बताए । मातृपार्टी नेपाल कम्युनिस्ट पार्टीको आसन्न नवौं राष्ट्रिय महाधिवेशन केन्द्रित अभियान सन्चालन गर्दै पार्टी र संगठनलाई आम बिध्यार्थी र जनताको माझमा स्थापित गर्न निर्देशन दिए ।अखिल क्रान्तिकारी प्यूठानको तेस्रो पुर्ण बैठक संगठनका जिल्ला अध्यक्ष गगन गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।