मंसिर १३ गते २०८०
01:50: PM
मंसिर १३ गते २०८०
01:50: PM

प्यूठानमा थप १६ जनामा कारोना पुष्टि

भाद्र ५ गते २०७९
7:41 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठानमा आइतबार थप १६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको ६० जनाको एण्टिजेन परीक्षणका क्रममा थप १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोलक प्रशन पुष्कल श्रेष्ठले जानकारी दिएका छन ।त्यस्तै आइतबार ३६ जनाले कोरोना जितेका छन । जिल्लामा अहिले ४५ जना कोरोनाका सक्रिय सङक्रमित रहेका छन । जिल्लामा साउन यता ५८३ जनामा कारोना परीक्षण गर्दा १९७ जनामा पुष्टि भएको छ ।पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन । बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page