अनुज पछाई , प्यूठान । प्यूठानमा सोमबार थप १० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एण्टिजेन परीक्षणका क्रममा थप १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोलक प्रशन पुष्कल श्रेष्ठले जानकारी दिएका छन ।त्यस्तै सोमबार थप १३ जनाले कोरोना जितेका छन । जिल्लामा अहिले ७१ जना कोरोनाका सक्रिय सङक्रमित रहेका छन । जिल्लामा साउन यता ५२३ जनामा कारोना परीक्षण गर्दा १६६ जनामा पुष्टि भएको छ ।पछिल्लो समयमा पुनः कोरोनाका सङक्रमित देखा परेसंगै सरसफाइको क्षेत्रमा ध्यान दिनको लागी चिकित्सकहरुले आग्रह गरेका छन । बेलाबेलामा साबुनपानीले हात धुने,स्यानिटाइजर प्रयोग गर्ने,सामाजिक दुरी कायम गर्ने,माक्स प्रयोग गर्ने लगायतको स्वास्थ्य सचेतना अपनाउनको लागी चिकित्सकहरुले आग्रह गरेका छन ।