अनुज पछाई , प्यूठान । महँगी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्युठानले जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार धर्ना दिएको छ । भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण, किसानलाई मल उपलब्ध गराउनुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने लगायत १९ बुँदे माग राख्दै राप्रपाले प्रशासन अगाडि धर्ना दिएको हो ।
सरकारलाई दबाब दिने उद्देश्यले प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम र कोणसभा सम्पन्न गरेको जिल्ला अध्यक्ष चुमान सिंह बस्नेतले बताए । कार्यक्रममा अध्यक्ष केसीले महङ्गी, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अघिल्लो महिनादेखि नै राप्रपा आन्दोलनमा उत्रेको बताए ।
राप्रपाले किसानहरुलाई समयमा मल, बीउ, उपलब्ध गराउन, भ्रष्टाचार नियन्त्रण गर्न, पेट्रोल डिजेल खाना पकाउने ग्याासको मूल्यवृद्धि फिर्ता लिन, महङ्गी नियन्त्रण गर्न माग राख्दै राप्रपाले सरकारको ध्यानाकर्षण गराएको थियो ।
युवा बेरोजगारहरुलाई रोजगारी दिनुपर्ने, २०४७ साल यताका उच्च पदस्थहरुको सम्पत्ति जाँच, इम्बोस्ड नम्बरमा नेपाली भाषा प्रयोग हुनुपर्ने लगायत माग पनि राप्रपाले राखेको थियो ।