असाेज १२ गते २०८०
09:37: AM
असाेज १२ गते २०८०
09:37: AM

आजदेखि प्यूठानमा कोभिड १९ विरुद्धको खोप

जेठ १९ गते २०७९
5:40 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाका सबै वडाहरुमा बिहिबार अर्थात जेठ १९ गतेदेखि कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका ६४ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट जेठ १९ गतेदेखि २२ गतेसम्म कोभिड १९ बिरुद्धको बुष्टर खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले बताएका छन । यस अघि कोभिड १९ बिरुद्धको खोप लगाउन छुटेका १२ बर्ष माथिका सबै ब्यक्तिहरुलाई पहिलो र दोस्रो खोप प्रदान गरिने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै पहिलो र दोस्रो खोप लगाउका ३ महिना पुरा भएका १८ बर्षमाथिका सबै ब्यक्तिलाई बुष्टर मात्राको खोप प्रदान गरिने कार्यालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस