मंसिर १३ गते २०८०
02:46: PM
मंसिर १३ गते २०८०
02:46: PM

‘उच्च रक्तचापको औषधि जीवनभर खानैपर्छ भन्ने छैन’

वैशाख १० गते २०७९
6:10 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

काठमाडौं । उच्च रक्तचापबाट अहिले धेरै पीडित छन् । अव्यवस्थित जीवनशैली, व्यायामको कमी लगायत विभिन्न कारणले उच्च रक्तचापको समस्या बढ्दो छ ।यसको नियन्त्रणका लागि औषधि सेवन गर्नेहरुको संख्या पनि लगातार बढिरहेको छ । तर औषधि सेवन गर्नेहरुमा पनि केही भ्रम देखिन्छ ।
उच्च रक्तचापको औषधि सेवन गर्न थालेपछि कहिल्यै छोड्न मिल्दैन ? एउटा कम्पनीको औषधि सेवन गरिरहेकाले अर्को औषधिको सेवन गर्न मिल्छ कि मिल्दैन ? जस्ता प्रश्न धेरैको मनमा उब्जिने गरेका छन् ।यिनै विषयमा आधारित रहेर वीर अस्पतालमा कार्यरत् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. हरिहर खनालसँग गरिएको कुराकानीको सम्पादित अंश :
उच्च रक्तचापको औषधि एकपटक खान सुरु गरेपछि छाड्नै मिल्दैन भन्छन् नि ?चिकित्सकले उच्च रक्तचापको बिरामीलाई बेलाबेलामा फलोअप गर्न बोलाइरहेका हुन्छन् । जाँच गर्दा प्रेसर घटबढको अवस्थालाई मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने गर्न मिल्छ । बिरामीले आफूखुसी औषधी नछाडुन् भन्ने मनसायले प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो । आफूखुसी औषधि छाड्दा स्ट्रोक, प्यारालाइसिस भएको धेरै केस छन् । त्यही कारण प्रेसरको औषधि छाड्न मिल्दैन भनिएको हो । औषधि घटाउन, बढाउन वा छाड्नै नमिल्ने भने होइन ।औषधि सेवन गरेर रक्तचाप नियन्त्रण भयो भने यस्तो अवस्थामा औषधि छाड्न सकिन्छ ?औषधिको सेवनपछि प्रेसर नियन्त्रण भयो भने यस्तो अवस्थामा औषधि छाड्न मिल्दैन । औषधि सेवनको कारण प्रेसर नियन्त्रण भएको हो, औषधि ठिक्क छ भने त्यसलाई छाड्न मिल्दैन भनेर बुझ्नुपर्छ । प्रेसर घट्दै गयो नर्मलभन्दा तल झर्दै गयो भने बल्ल औषधि घटाउँदै गएर छाड्ने हो । तर नियन्त्रण हुँदैमा औषधि छाड्न भने मिल्दैन ।उच्च रक्तचापको औषधि खाइरहँदा त्यसको साइड इफेक्ट हुन्छ भन्ने बुझाइ छ, के यो सत्य हो ?रक्तचापको मात्र होइन, सम्पूर्ण एलोपेथिक औषधि सुरक्षाको धेरै स्टेज पार गरेर बजारमा आएका हुन्छन् । पहिले ल्याबमा टेस्ट हुन्छ, अनि जनावरमा टेस्ट हुन्छ र केही निश्चित मानिसमा टेस्ट हुन्छ । हरेक अंगमा त्यो औषधि कति पुग्छ र कति प्रभाव पार्छ सबै कुराको जाँच हुन्छ । त्यसैले प्रायः औषधि शतप्रतिशत सुरक्षित हुन्छ ।औषधिको साइड इफेक्ट एक–दुई प्रतिशत मानिसलाई मात्र हुने हो ।  त्यस्तो साइड इफेक्ट खानामा पनि हुन सक्छ । कुनै औषधिको केही व्यक्तिलाई साइड इफेक्ट हुन सक्छ । त्यसकारण साइडइफेक्ट महत्वपूर्ण कुरा होइन । औषधि सुरक्षित छ कि छैन भन्ने कुरा बढी महत्वपूर्ण कुरा हो ।उच्च रक्तचापको औषधि नखाँदा त्यसले कस्तो हानि गर्न सक्छ ?औषधिको सेवन गर्ने भनेको उच्च रक्तचाप नियन्त्रण गर्न हो । यदि बिरामीले उच्च रक्तचापको औषधि खाएन भने रक्तचाप फेरि बढेर जान्छ र रक्तनली फुट्ने सम्भावना हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, मिर्गौला, आँखालगायत अंगको नसा फुट्न सक्छ । जसकारण मस्तिष्क घात, किड्नी फेल, अन्धोपना हुने र हृदयघात पनि हुन सक्छ ।योग, ध्यान गरेर वा जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ भनिन्छ । के जीवनशैली सुधारे औषधि नखाँदा पनि हुन्छ ?प्रेसरको समस्या धेरैजसो दिउँसोको समयमा देखिन्छ । राति मान्छे निदाएको बेला प्रेसर नियन्त्रण हुन्छ । यसको मतलब हाम्रो जीवनशैली खानपान, बोली व्यवहार, समाज, समाचार र प्रदूषण आदिको प्रभावको कारणले प्रेसरको समस्या हुन्छ ।योग तथा ध्यान मानसिक तनाव कम गर्नको लागि राम्रो उपाय हो । औषधिजस्तै जीवनशैली पनि उच्च रक्तचाप नियन्त्रण गर्ने प्रभावकारी उपाय हो । त्यसैले प्रेसरको औषधिसँगै व्यायाम, योग, ध्यान र खानपानमा पनि ध्यान दिन सकियो भने रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जीवनशैली सुधारेर औषधि सेवन छाड्ने बिरामीहरू पनि छन् ।रक्तचापको लेबल हेरेर, जीवनशैली सुधारेर पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । तर रक्तचाप एकदमै बढी छ भने जीवनशैली मात्र सुधारेर हुँदैन सँगसँगै औषधि पनि सेवन गर्नुपर्छ ।कस्तो अवस्थामा उच्च रक्तचापको औषधि सिफारिस गरिन्छ ?रक्तचापलाई हल्का, मध्यम र गम्भीर भनेर वर्गीकरण गरिएको छ । १३० र ८० भन्दा कम वा त्यसको हाराहारीको प्रेसरलाई नर्मल भनिन्छ । त्यो भन्दा बढी १०० र १५० तथा १६० सम्म भयो भने हल्का भनिन्छ । १६० भन्दा बढी भयो मध्यम र त्यो भन्दा पनि भयो भने गम्भीर भनिन्छ ।हल्का प्रेसरलाई जीवनशैली सुधार्ने र बेलाबेलामा रक्तचाप जाँच गर्ने सल्लाह दिइन्छ । यदि मध्यम छ वा गम्भीर छ भने जीवनशैली सँगसँगै औषधिको पनि सेवन गर्ने सल्लाह दिइन्छ ।डाक्टरले कुनै कम्पनीको औषधि सिफारिस गरेका छन्, कारणवश अर्को कम्पनीको औषधि खानु परेमा के गर्ने ?सकेसम्म डाक्टरले सिफारिस गरेको औषधि नै खाने प्रयास गर्नुपर्छ । यदि कारणवश अर्को कम्पनीको औषधि खानु परेमा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कम्पनीको औषधि सेवन गर्नुपर्छ ।नेपालमा औषधिको गुणस्तरको कारणले पनि केही राम्रा कम्पनी मात्र छानेर औषधि सेवन गर्नुपर्ने बाध्यता छ । त्यसैले सकेसम्म डाक्टरले सिफारिस गरेकै कम्पनीको औषधि सेवन गर्नुपर्छ । कम्पनी फेर्नुपर्ने अवस्थामा पनि सकेसम्म डाक्टरको सल्लाह लिनुपर्छ ।उच्च रक्तचापको औषधि कुन समयमा खानु बढी उपयुक्त हुन्छ ?धेरैजसो औषधिमा नै लेखिएको हुन्छ त्यो बिहान वा साँझमा खाँदा प्रभावकारी हुन्छ भनेर । ग्यास्ट्रिक छैन भने उच्च रक्तचापको औषधि सकेसम्म बिहान खाली पेटमा खाएको राम्रो हो । बिहान खाली पेटमा औषधि सेवन गर्दा धेरै औषधि रगतले सोस्छ र प्रभावकारी हुन्छ । बिहानै खाँदा औषधि छुट्ने सम्भावना पनि कम हुन्छ ।यदि आफूले प्रयोग गरिरहेको कम्पनीको औषधि भेटिएन भने के गर्ने ?आफूले सेवन गरिरहेको कम्पनीको औषधि भेटिएन भने विश्व स्वास्थ्य संगठनले मान्यता दिएको जुन कम्पनीको औषधि भेटिन्छ त्यही प्रयोग गर्नुपर्छ । प्रयोग गरिरहेको औषधि भेटिएन भने डाक्टरसँग सल्लाह लिएर पनि अन्य कम्पनीको औषधि सेवन गर्दा हुन्छ ।कारणवश औषधि खान छुटाइयो भने के हुन्छ ?सकेसम्म औषधि छुटाउनै भएन । यदि औषधि खान बिर्सिएको छ भने सम्झने बित्तिकै खाइहाल्नुपर्छ । केही कारणवश औषधि खान छुटाइयो भने प्रेसर ह्वात्तै बढ्न सक्छ । प्रेसर बढेकै कारण नसा फुटेर मस्तिष्कघात, हृदयघात, मिर्गौला फेल र अन्धोपन पनि हुन सक्छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page