फागुन १० गते २०८०
07:20: AM
फागुन १० गते २०८०
07:20: AM

बिदा हुन लागेका वडाध्यक्षले कुटे सचिव, टाउकोमा १६ वटा टाँका

वैशाख १० गते २०७९
6:07 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

९ वैशाख, सर्लाही । सर्लाही बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका छन् ।
वडाध्यक्षबाट राजीनामा दिएर वडाको सबै सरसमान बरबुझारथ गरेका मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण आफूलाई कुटेको पण्डिले बताए ।
‘वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र आफूले जिम्मा लिएको कागज गरिदिएको थिएँ’, मण्डलले भने, ‘उनले फेरि अर्को कागज ल्याए, जुन कागजमा मैले सही गर्न मिल्ने थिएन, त्यसका सही गर्दिन भनेपछि मलाई कुर्सीले हाने ।’उनले वडाध्यक्षले सही गर्न लगाएको कागजपत्र नगरपालिकाले मात्र प्रमाणित गर्न मिल्ने खालको भएको पनि बताए ।
वडाध्यक्षको कुटाइबाट घाइते भएका पण्डितलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि सर्लाही अस्पतालमा लागिएको छ ।तर वडाध्यक्ष मण्डलले भने आफूले कसैलाई कुटपिट नगरेको बताए । वडा कार्यालयमा के भएको हो त्योे पनि आफूलाई थाहा नभएको उनले बताए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page