असाेज १२ गते २०८०
09:23: AM
असाेज १२ गते २०८०
09:23: AM

रुकुममा विद्यालयका प्रधानाध्यापक गाउँपालिका अध्यक्षमा सिफारिस

वैशाख ७ गते २०७९
11:36 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट , प्यूठान । नेपाली काँग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक ९प्रअ० लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ । काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो । खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए । उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको काँग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।काँग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ । यसअघिको निर्वाचनमा काँग्रेसले रुकुम पश्चिमबाट कुनै पनि पालिका जितेको थिएन ।

रिप्लाई गर्नुहोस