जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको जानकारी दि
शाहका अनुसार पक्राउ पर्नेमा दुई जना धामी झाक्रीसहित ७ जना स्थानीय रहेका छन् । कञ्चनपुरकै भीमदत्त नगरपालिका–७ बस्ने धामीझाक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्टले झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
‘धामी झाँक्रीको कुटपिटबाट मृत्यु भएको स्थानीयको दाबीका आधारमा उहाँहरुलाई पक्राउ गरिएको हो,’ डीएसपी शाहले भने, ‘शव सडेको अवस्थामा भएकाले आँखाले हेरेर छुट्याउन सक्ने अवस्था छैन । शव परीक्षणपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घटना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ ।घटना स्थलमा पुगेका वेदकोट नगरपालिका–६ का वडाध्यक्ष कट्टेराम रानाले स्थानीयले धामी झाँक्रीले झारफुक गर्ने बेला कुुटपिट गर्दा साउदको मृत्युु भएको बताइरहेको अनलाइनखबरलाई जानकारी दिए ।३ वैशाख, धनगढी । कञ्चनपुरमा एक महिलाको शंकास्पद मृत्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शंकास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।