फागुन १० गते २०८०
07:20: AM
फागुन १० गते २०८०
07:20: AM

आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

मंसिर १२ गते २०८०
7:31 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समाचार डेक्स । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ

आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page