फागुन १० गते २०८०
07:57: AM
फागुन १० गते २०८०
07:57: AM

आज तिन प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

असार १७ गते २०८०
7:46 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

काठमाण्डौ – आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँका अनुसार आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान भने छ ।

अहिले वाग्मती, गण्डकी र मधेस प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अस्तिदेखि लगातारजसो परेको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । जोखिममा रहेका ठाउँका बासिन्दालाई सतकर्ता अपनाउन मौसमविद्को आग्रह छ । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page