असाेज १२ गते २०८०
09:32: AM
असाेज १२ गते २०८०
09:32: AM

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेठ ३१ गते २०८०
7:57 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

प्युठानका बिभिन्न ठाउँहरुमा आज विश्व रक्तदाता दिवस मनाईदैछ । ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

माण्डवी गाउँपालिका प्युठानको सहयोगमा बुधबार गाउँपालिकाको सभाहलमा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा प्युठानको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरेको छ।

सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्न हरेक वर्षको जुन १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आजको दिनलाई रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।  रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

आफूले रगत दान गरे पनि आफूलाई चाहिएको बेला रगत नपाउने समस्या लगायतका कारण कतिपय रक्तदाताले रगत दानलाई नियमित गर्ने गरेका छैनन् । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ । 

रिप्लाई गर्नुहोस