आईपीएल क्रिकेटमा मुम्बईले शीर्ष स्थानको गुजरातलाई २७ रनले हरायो
स्वर्गद्वारी अपडेट
वैशाख ३० गते २०८०
6:41 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स ।इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सलाई २७ रनले हराएको छ ।गएराति वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो ।उसका राशिद खानले अविजित ७९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । डेभिड मिलर ४१ रनमा आउट भए टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका सूर्य कुमार यादवले शतकीय पारी खेले । उनले ४९ बलमा १ सय ३ रन बनाए ।यादवको आईपीएल क्रिकेटमा पहिलो शतक पनि हो । इशान किसन ३१, विष्णु विनोद ३० र कप्तान रोहित शर्मा २९ रन बनाएर आउट भए गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए ।जितसँगै मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा कायमै रहेको गुजरातको १२ खेलमा १६ अंक छ ।