बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । जानीजानी बारम्बार अभद्र व्यवहार गर्ने वा संविधान वा प्रतिनिधिसभा नियमावलीको जानीजानी उल्लङ्घन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्ने र निलम्बन सम् मगर्न सक्ने व्यवस्था छ ।सभामुख देवराज घिमिरेले कारबाहीकै चेतावनी दिएपछि सांसद सिंह सर्ट लगाएर आफ्नो सिटमा बसे । त्यसपछि सभाको कामकारबाही अगाडि बढ्यो । लगत्तै शून्य समयमा बोल्दै एमाले सांसद अच्युतप्रसाद मैनालीले सांसद सिंहको स्वास्थ्य जाँचको माग गरे । उनले भने, ‘संसदमा जे गतविधि देखा परेको छ । म मननीय सदस्यको स्वाथ्य जाँचको माग गर्दछु ।’