फागुन ९ गते २०८०
05:43: AM
फागुन ९ गते २०८०
05:43: AM

स्वास्थ्यचौकिका स्वास्थ्यकर्मी विदामा विरामी परे मर्कामा

वैशाख २१ गते २०८०
6:16 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान । जिल्लाको प्युठान नगरपालिका १ दाखाक्वाडी भलवाङ स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मी विदामा रहेकोहुँदा  विरामीहरु मर्कामा परेका छन । उक्त स्वास्थ्य चौकीको प्रमुख मोति कुमारी केसी आफ्नो छोरीको विहेमा र सोहि स्वास्थ्य चौकीमा कार्यरत भरत बिष्ट आफ्नो बहिनीको विहे भएको हुदामा आफ्नो निवासमा रहदा स्वास्थ्य चौकीमा आएका विरामीहरुले स्वास्थ्य सेवा नपाउदा घर फर्कन बाध्य भइ मर्कामा परेको गुनासो स्थानीय पारस बुढाथोकीले स्वर्गद्वारी अपडेटलाई जानकारी गराए । स्वास्थ्य चौकीमा कर्मचारीको सङ्ख्या ४ जना हुन । जसमा मनिसा नेपाली गाउघर क्लिनिकमा सेवा दिन जानुहुन्छ । दुईजना विदामा रहेको र कार्यालय सहयोगी हेमन्त वली नियमित आउने गरेको र सामान्य चोट पटक लागेका विरामीहरुलाईलाई सेवा दिईरहेको स्थानिय बुढाथोकिले बताए।वैशाख १९ गते मङ्गलबार देखि २१ गते विहिवारसम्म प्रेसरका विरामीहरु ,ड्रेसिङ गर्ने र केही पेट दुखाई भएका सम्बन्धि विरामीहरु फर्केको स्थानियले बताए । उक्त स्वास्थ्य चौकिमा दरबन्धि रहेका कर्मचारी मिना विक स्वास्थ्यमा समस्या हुदा काचमा सापडाडा स्वास्थ्य चौकीमा विरामीहरुलाई सेवा दिइरहनुभएको छ । त्यस्तै अर्का कर्मचारी टोप बहादुर विष्ट प्यारलाइसको समस्या हुदा शरिरको खुट्टाामा समस्या हुदा शहरी स्वास्थ्य क्लिनिक क्याडी कार्यरतरहनु भएको छ । समयमा विरामीहरुले आफ्नो स्वास्थ्य सम्बन्धि जानकारी नपाउदा तथा उपचार सेवा लिन स्वास्थ्यकर्मीहरुको स्वास्थ्य चौकिमा आगमन नहुदा स्वास्थ्य जाच गर्न जिल्ला अस्पताल विजुवार आएको बिरामीहरुले  पिडा तथा आपत्ति जनाएका छन । प्युठान नगरपालिका १ को वडा अध्यक्ष साधना राउत क्षेत्रिले उक्त समस्याहरु छिटै समधान गर्ने र स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनुभएको होला भन्ने विश्वास रहेको हामी वडाका कार्यमा व्यस्त रहदा र जान नपाएको हो आएका आएको समस्याहरुक समतिमा छलफल  गरी स्थानियलाई स्वास्थ्य सेवा प्रधान गर्ने बताउनुभयो । त्यस्तै प्युठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गेविन्द राज घिमिरेले छोरी र बहिनीको  बिहेमा जानु भएका स्वास्थ्यकर्मीको समन्वय नहुदा यस्तो समस्या आएको हो यसलाई नगरपालिकाको समन्वयमा समस्याहरुको हल गर्ने जानकारी दिनुभयो । आइतवारबाट स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु नियमित आउने छलफल भएको समेत घिमिरेले बताउनुभयो । यस ठाउमा धाईचौर , भलवाङ , सालघारी का स्थानियहरुले त्यसस्वास्थ्य चौकिबाट   स्वास्थ्य सेवा लिने गर्दछन ।स्वास्थ्य छ र सबै छ यस्ता समस्याहरुमा प्युठान नगरपालिका मात्र नभइ प्युठानका नौ वटा स्थानिय तहहरुको स्वास्थ्य अन्तर्गत ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page