असाेज १२ गते २०८०
08:52: AM
असाेज १२ गते २०८०
08:52: AM

आज विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशाख १५ गते २०८०
11:38 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स ।   आज विश्व कार्यसुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम हुँदै आएको छ ।सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई प्रोत्साहन गर्न यो दिवस मनाउन थालिएको हो । यस वर्षको नारा ‘सकारात्मक, सुरक्षित र स्वस्थ्य संस्कार निर्माणका लागि सामूहिक पहल गरौँ’ भन्ने रहेको छ ।दिवसका अवसरमा मन्त्रालय र आईएलओले संयु्क्तरूपमा ‘सुरक्षित तथा स्वस्थ्य कार्य वातावरण, एक मौलिक अधिकार’ शीर्षकमा पोष्टरको सार्वजनिकीकरण समेत गरेको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले कार्यसुरक्षा र स्वास्थ्यका लागि राज्यका सबै अङ्ग परिचालित हुनुपर्नेमा जोड दिनुभयो ।सरकारले २०५२ सालमा ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी आयोजना’ को स्थापना गरेको थियो । यस आयोजनालाई २०७५ सालमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रूपमा रहने गरी स्थायी सङ्गठन संरचना स्वीकृत भएको थियो ।

रिप्लाई गर्नुहोस