स्वर्गद्वारी अपडेट समचार डेक्स । दाङको बंगलाचुली गाउँपालिकामा श्रीमतीले बन्चारो प्रहार गरी श्रीमानको हत्या गरेकी छन । गाउँपालिका १ वडाको बोजपोखरा निवासी केशरा परियारले घरमा सामान्य विवाद हुँदा बञ्चरो प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेकी हुन । बिहीबार विहान करिब १० बजेतिर घरमा समान्य विवाद हुँदा ५७ वर्षीय श्रीमती केशरा परियारले एक्कासी बञ्चरो प्रहार गर्दा ६४ वर्षीय श्रीमान रेशम परियारको मृत्यु भएको बंगलाचुली गाउँपालिका वडा १ का वडाध्याक्ष विष्णु कवँरले जनाकारी दिए । परिवारमा उनीहरुको ३ जना छोरा र ३ जना छोरी रहेका छन ।