सन्तोष सुनार प्युठान । प्युठान जिल्लाको माडि नदिमा नुहाउने क्रममा वुधवार एक पुरुषक मृत्यु भएको छ । मृत्यु हुनेमा झिमरुक गाउपालिका ८ का ट्याक्टर सहचालक वर्ष १८ का सुवास रोका नदिमा नुहाउने क्रममा डुबेर मृत्युभएको हो । रोका स्वर्गद्वारी आश्रमको लागि रा १ त ४८३४ नम्वरको ट्याक्टरमा बालुवा लोड गरी नदिमा नुहाउने क्रममा उक्त घटना भएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी निरिक्षक सुशिल थापाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । मृतक रोकाको लासलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल विजुवारमा ल्याईएको प्रहरी निरिक्षक थापाले बताए ।