मंसिर १२ गते २०८०
05:52: PM
मंसिर १२ गते २०८०
05:52: PM

नेपालगञ्जमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौमा ३२ डिग्री माथि पुग्यो

वैशाख ५ गते २०८०
6:27 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स । नेपालगञ्ज, भैरहवालगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, काठमाण्डौमा ३२ डिग्री माथिदेशको तराई तथा मध्यपहाडी क्षेत्रमा गर्मी बढेको छ । पछिल्लो केही दिनदेखि गर्मी बढेको हो । नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरालगायतका ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै भएको छ । ती क्षेत्रमा न्यूनतम तापक्रमसमेत २० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।दिपायल, धनगढी, वीरेन्द्रनगर, घोराही, विराटनगरलगायतका क्षेत्रमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नजिक पुगेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । अधिकतम र न्यूनतम तापक्रम दुवै बढेका कारण देशका सबैजसो ठाउँमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मीसँगै देशभर वायु प्रदूषण पनि बढेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका सबैजसो सहरी क्षेत्रमा राखिएका वायु प्रदूषण मापन केन्द्रहरूले हावाको गुणस्तर खराब अवस्थामा पुगेको देखाइरहेका छन् । गर्मीसँगै डढेलो पनि बढेको छ । बितेको २४ घण्टामा देशका दुई सय ३६ ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page