सन्तोष सुनार प्युठान । प्युठान अस्पताल बिजुवार प्युठानको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट सोमवार नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकाले रिक्तरहेको प्युठान अस्पतालको अध्यक्षमा बिष्टलाई नियुक्त गरेको हो । अध्यक्ष बिष्ट राजनितिकमा नेकपा एमालेको प्युठान जिल्लाको अध्यक्ष हुनुहुन्छ । त्यस्तै प्रदेश सरकारले ब्यबस्थापन समिति सदस्यमा राधिका खड्कालाई नियुक्त गरेको छ । यस भन्दा अगाडि नेकपा माओवादी केन्द्रका नेता पित बहादुर महतरा रहनु भएको थियो । महतरा गतसाल वैशाख महिनामा स्थानिय चुनावबाट झिमरुक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखी पद रिक्त रहेको थियो