असाेज ९ गते २०८०
08:51: AM
असाेज ९ गते २०८०
08:51: AM

धनगढीमा कक्षा ८ को परीक्षामा १८ विद्यालयको नतिजा शून्य

वैशाख ४ गते २०८०
9:10 PM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समचार डेक्स । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका १८ विद्यालयको नतिजा शून्य आएको छ  ।धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार नगर क्षेत्रका १७ सामुदायिक र एउटा संस्थागत गरी १८ विद्यालयका कुनै पनि विद्यार्थी ९ कक्षा पढ्न योग्य नभएका हुन् ।उपमहानगरपालिकाको शिक्षा शाखाका संयोजक नरेन्द्रबहादुर खातीले परीक्षामा सहभागी १०६ विद्यालय मध्ये १८ विद्यालयको नतिजा निराशाजनक आएको बताए ।उनका अनुसार पुनः उत्तरपुस्तिका जाँच र ग्रेड बृद्धिको परीक्षा हुन बाँकी रहेकाले शून्य नतिजा आएका विद्यालयले सुधार गर्ने मौका रहेको छ ।परीक्षामा सामुदायिकतर्फका ४६ र संस्थागततर्फ ६० गरेर कुल १०६ विद्यालयका चार हजार ६३८ विद्यार्थी सहभागी भएका थिए ।उनीहरु मध्ये एक हजार पाँच सय ३ जनाले मात्र पहिलो चरणमै ९ कक्षामा भर्ना हुन पाउनेगरी ग्रेड कटाएका छन् ।

रिप्लाई गर्नुहोस