लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासकाे मत लिने
स्वर्गद्वारी अपडेट
वैशाख ४ गते २०८०
9:03 PM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिनुहुने भएको छ ।नेकपा माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन गएकाे चैत १२ गते फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएकाे मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालले जानकारी दिनुभयो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजेका लागि आह्वान गरिएकाे प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे । मुख्यमन्त्री गिरीले यसअघि गएकाे माघ ५ गते विश्वासको मत लिनुभएकाे थियाे । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।