मंसिर १२ गते २०८०
07:54: PM
मंसिर १२ गते २०८०
07:54: PM

देशभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीले भर्ना भएकै दिन किताब पाउने सरकारकाे दाबी

वैशाख ३ गते २०८०
8:13 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्वारी अपडेट समचार डेक्स । - सरकारले आजदेखि देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यार्थी भर्ना अभियान सुरु भएको होविगतका वर्षहरुमा गरिएका प्रयासबाट भर्ना दर उत्साहजनक रहेको तर विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ल्याउन नसकिएको अवस्थामा भर्ना अभियानलाई थप प्रभावकारी बनाउने शिक्षा मन्त्रालयले जनाएको छ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ । यसपटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक  दिने  पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसवर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् ।१ देखि ५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६ देखि १० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको जनाएको छ । निजी मुद्रणले कक्षा १ देखि ५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन्।पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । केन्द्रका  अनुसार  हिजोसम्ममा ५६  वटा  जिल्लामा  पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् ।तराईका जिल्लामा  पाठ्यपुस्तक पुर्याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो  प्राथमिकतामा  राखेर  पाठ्यपुस्तक वितरण गरिएको हो । बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पुर्याइसक्ने केन्द्रको दाबी छ ।विगतमा पाठ्यपुस्तक पुग्नै समय लाग्ने गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यसपटक  विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक पुर्याउने बताउनुभयो । तर पुस्तकको सेट किन्दा  एक, दुईवटा अपुग हुन सक्ने उहाँको भनाइ छ । विकट जिल्लाहरु हुम्ला, जुम्ला, कालीकोटमा पनि पाठ्यपुस्तक पुगिसकेको छ ।पहिलो हप्ताभित्र नै सबै जिल्लामा पुस्तक पुर्याउने सरकारको दाबी छ । देशभर सामुदायिक, संस्थागत र धार्मिक गरी ७२ हजार ८ सय ९५ वटा विद्यालय छन् । यी विद्यालयमा झण्डै ८१ लाख ६ हजार विद्यार्थी अध्ययनरत छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page