असाेज ९ गते २०८०
08:17: AM
असाेज ९ गते २०८०
08:17: AM

मल्लरानीमा फुड फेस्टिबल महोत्सव सुरु

चैत्र ३० गते २०७९
5:28 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान । जिल्लाको मल्लारानी गाउँपालिकाको सदरमुकाम खलङ्गाको शिर मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल खाना महोत्सव विहिवार देखि सुरु भएको छ  महोत्सवको प्युठानबाट जननिर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गर्नुभएको हो ।पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरोकारवालाको ध्यानाकर्षण गराउन ,स्थानीय खानाका परिकार र मल्लरानीको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको प्युठान उद्योग वाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रले महोत्सव आयोजना गरेको अध्यक्ष वासुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा मगर, गुरुङ, क्षेत्री, नेवार समुदायका खानाका परिकार प्रर्बद्धन गरिएको छ  । समुन्द्र सतहबाट एक हजार छ सय ५५ मिटर उचाइमा रहेको मल्लरानीमा विभिन्न संरचना निर्माण तथा मल्लारानि सम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । खाना महोत्सव वैशाख ३० गतेदखि २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।                              

रिप्लाई गर्नुहोस