फागुन १० गते २०८०
06:19: AM
फागुन १० गते २०८०
06:19: AM

ऐतिहासिक जनआन्दोन दिवस पारी यूवा मार्च अभियान सन्चालन ।

चैत्र २५ गते २०७९
8:53 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
राजेन्द्र रावत क्षेत्री पस्चिम लुम्विनी ,व्यूरो कपिलवस्तुनेपाल कम्युनिष्ट पार्टी पश्चिम लुम्विनी ब्यूरोले एेतिहासिक जनआन्दोन दिवशको अवसर पारी व्यूरो स्तरमा जनभेटघाट तथा यूवा मार्च अभियान उद्घाटन गरेको छ। शुक्रबार पुर्वी कपिलवस्तुको कोइली बनगाई बजारमा नारा जुलुस र बृहत् जनसभा सहित ३४ औं जनआन्दोलन दिवसको अवसरमा जनभेटघाट तथा युवा मार्च अभियान उद्घाटन गरिएको नेपाल कम्युनिष्ट पार्टी पोलिट व्युरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज क। सञ्जिब सी ले बताएका छन् । जनभेटघाट तथा युवा मार्च अभियानको क्रममा व्युरो अन्तरगतका पाँच वटा जिल्लामा पुर्वी कपिलवस्तु , पश्चिम कपिलवस्तु, दाङ, प्यूठान र अर्घाखाँची लगायतका जिल्लाहरुमा सहिद परिवार , वेपत्ता परिवार , र घाइते अपाङ्ग योद्वाहरु संग सहकार्य , भेटघाट, र जनश्रममा जोडिदै सहयोग गर्ने , त्यस्तै लघुवितको ज्यादती र मिटर ब्याजेहरुको अवैध धन्दाको मारमा परेका पिडितहरुलाई गोलवन्द गर्दै लघुवित्त र मिटर ब्याजेहरुलाई सामाजिक बहिष्कार गर्दै गाँउगाँउबाट लखेट्ने अभियानको प्रमुख उद्वेश्य रहेको पनि उनले बताए । त्यस्तै २०४६ साल चैत्र २४ को एेतिहासिक जनआन्दोलन तथा जनताको तागतद्वारा कथित पञ्च्याती व्यवस्थाको अन्त्य गरिएको दिनलाई स्मरण गर्दै जनताले चाहेको नयाँ जनवादी व्यवस्था अझैं नआएको ले एकीकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटोमा एकताबद्व हुन आम जनसमुदायलाई अनुरोध गरे । अभियान उद्घाटन कार्यक्रममा नेकपा बहुमतका कपिलवस्तु जिल्ला सदस्य गौचरन यादव लगायत आधा दर्जन नेकपा बहुमतका जिल्ला तहका नेता कार्यकर्ता महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन् । नव प्रवेसी नेता कार्यकर्तालाई टीका लगाई व्युरो ईन्चार्ज सन्जिव सी ले पार्टीमा स्वागत गरेका थिए । ्कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी ले अभियानमा लामवद्व युवाहरुलाई लघुवित्त र मिटर ब्याजेहरु प्रति निर्मम हुन निर्देशन दिए । कार्यक्रममा स्वागत मनतव्य नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज सुनिल सी ले गरेका थिए भने सन्चालन नेकपा केन्द्रीय सदस्य हेमन्त सी ले गरेका थिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page