असाेज ९ गते २०८०
09:25: AM
असाेज ९ गते २०८०
09:25: AM

  सरुमारानी गाउँपालिकाले बाड्यो विपन्न परिवारलाई जस्ता पाता

चैत्र १९ गते २०७९
7:08 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार ,प्युठान/खरको छाना रहित गाउँपालिका बनाउने अभियानमा लागेको जिल्लाको सरुमारानी गाउँपालिकाले विपन्न परिवारका लागि जस्ता पाता वितरण गरेको छ।पाचँ बर्ष अघिदेखि नै अभियान थालेको गाउँपालिकाले आईतबार वडा नम्बर १ मा २० घर धुरीलाई विपन्न परिवारलाई जस्तापाता वितरण गरेको हो उपाध्यक्ष बसन्ता खडकाको बताईन्।उपाध्यक्ष खडकाले कोही पनि नागरिक गरिवी र पैंसाका कारणले खरको छानोमा बस्नुपर्ने वाध्यता रहन नदिने प्रतिवद्धता पनि ब्यत्त गरिन।‘खरको छानो भएका घर सुरक्षाको दृष्टिकोणबाट असुरक्षित हुने भएकाले पनि यस तर्फ गाउँपालिकाले विशेष ध्यान दिएको हो।’‘राजनीतिक आस्थाका आधारमा नभई साँच्चिकै गरिव र विपन्न वर्गका व्यक्तिलाई आवश्यक्ताको आधारमा जस्ता पाता वितरण गरिएको प्रमुख प्रसासकिय अधिकृत देवी राम पाठकले बताए।आ.व.०७९ को  पहिलो चरणमा गाउँपालिका भरिका १२० विपन्न घरधुरीले जस्ता पाता वितरण गरेको थियो।

रिप्लाई गर्नुहोस