असाेज ९ गते २०८०
09:04: AM
असाेज ९ गते २०८०
09:04: AM

रोकिएन नदिजन्य उत्खनन,पालिका प्रमुख नै बेखबर 

चैत्र १५ गते २०७९
7:43 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट संबाददातामाडी नदीको नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ।प्युठानको माण्डवी गाउँपालिका-१त्रिवेणी धाम नजिकै माडी बाट अवैध रुपमा उत्खनन गरेको हो।श्री आशिष/श्रीजयन्ति जेभी काठमाण्डौ कम्पनीले नदीजन्य सामग्री मनलाग्दी उत्खनन गरेर घाटगद्दी गरेको देखिन्छ।माण्डवी गाउँपालिकाले कार्यपालिका बाट कुनै निर्णय नै नगरी पालिको अध्यक्ष नम राज अधिकारी(रोसन)को हस्ताक्षरको चिठीको भरमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरेको पाइएको हो।माण्डवी गाउँपालिका वडा १ का वडा अध्यक्ष बाम बहादुर बूढाले भने वडामा कुनै जानकारी तथा अनुमति नलिई अबैध रुपमा नदिजन्य सामग्री  उत्खनन भईरहेको छ।“मैले पालिका अध्यक्षलाई यो बिषयमा पटक-पटक जानकारी गराएको छु।” अध्यक्ष बुढाले भने- “यस्ता क्रियाकलापहरु गर्दा कार्यपालिका बाट निर्णय गरेर गर्दा सहज र पारदर्शी हुन्छ तर अध्यक्ष ज्यु ले मान्नु भएन।” यस्तो क्रियाकलाप प्रति आफ्नो घोर आपत्ति रहेको समेत बुढाले  बताए।गाउँपालिकाको उल्लेखित पत्र अनुसार वडा सँग सहमति भएको लेखेपनि वडा सँग कुनै सहमति नगरेको अध्यक्ष बुढाले जानकारी दिए।केहि समय अघि सो स्थानमा निर्माण कम्पनीले उत्खनन गर्दा नेपाल कम्युनिष्ट  पार्टी (माओवादी) विप्लवका कार्यकर्ताहरुले उत्खनन गर्दै रहेको अवस्थामा जे.सो.भी को साँचो समेत नियन्त्रणमा लिएको थियो। तर, नदिजन्य सामाग्री उत्खनन गर्दा यस बिषयमा आफुलाई कुनै प्रकारको जानकारी नभएको माण्डवी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश पाण्डेले बताउछन ।उता भने निर्माण कम्पनीले हामीले वडा सँग सम्झौता गर्न खोज्दा वडा अध्यक्ष ज्यु ले सहमति नगरेपछि पालिका सँग सहमति भएपछि मात्र निर्माण कार्य गरेको निर्माण कम्पनि बताउछन्। स्थानीय सँग प्रत्यक्ष रुपमा जोडिएका यस्ता बिषयहरुमा गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गरेर के कति मात्र मा, कति दिन उत्खनन गर्ने हो ? सबै मापदण्ड पुरा गरेर काम गर्दा आफुहरु अहिले उच्च जोखिम रहेको स्थानीयबासीहरु बताउछन।

रिप्लाई गर्नुहोस