फागुन १० गते २०८०
07:23: AM
फागुन १० गते २०८०
07:23: AM

त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन गर्ने निर्णय

चैत्र २ गते २०७९
3:48 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । राजधानीको त्रिचन्द्र क्याम्पसमा आगामी चैत ९ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत ९ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, ४ गते मनोनयन पत्र वितरण गर्ने र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका रहेको छ । यसै प्रक्रिया पुरा भएपछि चैत ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page