मंसिर १२ गते २०८०
08:06: PM
मंसिर १२ गते २०८०
08:06: PM

सुनको भाउ आज १७ सय रुपैयाँले बड्यो

फागुन २८ गते २०७९
12:11 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारीअपडेट समचार प्यूठान । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थियो । त्यतिबेला तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ थियो । त्यसपछि भाउ बिस्तारै घट्न थालेको थियो । तर, फेरि अहिले भाउ बढ्न थालेको हो ।
 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page