आसन्न स्ववियु चुनावका लागि प्युठानमा चार बिद्यार्थी संगठन एकता
स्वर्गद्वारी अपडेट
फागुन २६ गते २०७९
6:40 PM
स्वर्गद्वारी अपडेट
केशर सुनार प्यूठान । जिल्लामा आगमी स्ववियु चुनावका लागि चार विद्यार्थी सङ्गठन एकता भएर जाने सहमति गरेका छन । विहिवार प्रेस बिज्ञप्ति निकालेर चुनावका लागि एकता भएर जाने निर्णय गरेका हुन । जसमा अनेरास्ववियु ,नेबि संघ, अखिल छैठौं र अखिल क्रान्तिकारी बिप्लव रहेका छन । चार विद्यार्थी सङ्गठन बैठक बसि स्ववियु चुनावमा प्यूठान जिल्लाका पाँच वटै क्याम्पस हरुमा चार संगठन तालमेल गरि जाने निर्णय बिज्ञप्तिमा उल्लेख गरिएको छ । देशको शैक्षिक अवस्थाई सुधार गर्नका लागि स्वतन्त्र विद्यार्थी युनियन अत्यन्तै महत्वपूर्ण संयन्त्रको भुमिका रहेकाले आसन्न चैत ५ गते स्ववियु चुनाव हुदै छ ।