स्वर्गद्वारी अपडेट समचार डेक्स प्युठान सल्यानमा २४ वर्षीय दिनेश विकको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम निवासी ४० वर्षीय अमरबहादुर घर्ती, ३४ वर्षीय बुद्धिराम श्रीस३० वर्षीय टीकाराम केसी, र कालिकोट जिल्ला तिलागुफा नगरपालिका ७ घर भई हाल त्रिवेणी गाउँपालिका ६ लुहाम बजार बस्दै आएका ३० वर्षीय सुरेश जैसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यान ले जानकारी दियो ।मृतकका बाबु मेरमान कामीले दिएको किटानी जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विकको घर बागचौर नगरपालिका ८ कोटमौला हो । उनि त्रिवेणी गाउँपालिका ६ लुहाममा ग्रिल उद्योग सञ्चालन गर्दै आइरहेका थिए । प्रहरीका अनुसार पक्राउ परेका चार जनालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट म्याद थप गराइ अनुसन्धान भइरहेको छ ।
विक दुई दिनअघि त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै खोलाको किनारमा बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि जिल्ला अस्पताल सल्यान लगीएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।