फागुन १० गते २०८०
07:29: AM
फागुन १० गते २०८०
07:29: AM

रोजगारीका लागि दुबई पुगेका अर्घाखाँचीका जीवनको बिचल्ली

फागुन २२ गते २०७९
2:55 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान । रोजगारीका लागि संयुक्त अरब इमिरेन्ट्स यूएईको दुबई पुगेका अर्घाखाँचीका एक युवा बिचल्लीमा परेका छन। मालारानी गाउँपालिका–१ फाप्रेका जीवनराज आचार्यले आफूलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गरेका छन । उनले भने मेरो स्वास्थ्य अवस्था बिग्रेको छ । म नेपाल फर्कन चाहन्छु सहयोग गर्नुहोस् ।’आचार्य २४ दिनअघि काठमाण्डौमा रहेको ुगणपती ओभरसिजु नामक म्यानपावर कम्पनीबाट दुबई पुगेका हुन । म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ गर्ने हो’, भनेर पठाएको उनले बताए । सर्तअनुसारको काम नपाएको उनले गुनासो गरेका छन । ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नुपर्छ । एक सेकेन्ड यताउता गर्न पाइँदैन भनेका छन । अहिले आफ्नो आँखामा गम्भीर समस्या आएको जीवनको भनाइ छ । आचार्यले आँखा दुखेर नजिकैको वस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिएपछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खतम हुने भयो ।’आफूले काम गर्ने कम्पनी जेलभन्दा कम नभएको भन्दै आफू त्यहाँबाट मुक्त हुन चाहेको प्रदेशी जीवनले बताए । ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरी नेपाल फर्काउने पहल गरिदिनुहोला’,उनले बताए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page