स्वर्गद्वारी अपडेट प्युठानप्युठानको माण्डवि गाउपालिका -५ आपचौरमा भएको दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बाटोमा काम गरिरहेको जेसिबि र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती -२ टिकुरी बस्ने अन्दाजी ४०/४५ वर्षका राम बहादुर थापा(गोपाल) रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी बसिरहनुभएकी ऐरावती -२ कि वसन्ता भुसाल आचार्य घाइते हुनुभएको छ । भुसालको विजुवारस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आपचौरमा बाटोको काम गरिरहेको ना. १ क. ३४१६ नम्बरको जेसिबि र बरौलाबाट भालुवाङ तर्फ आउदै गरेको लु२१प ६२१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।