मंसिर १३ गते २०८०
03:01: PM
मंसिर १३ गते २०८०
03:01: PM

अभिनेता पल शाह आज रिहा हुँदै

फागुन १५ गते २०७९
7:32 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्युठान।  बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन् ।
पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले सोमबार (आज) रिहा हुने जानकारी दिए । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।
त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page