जिम्मेवार संघसंस्था तथा व्यक्तिले जथाभावी फोहोर गरिदिँदा फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बनेको जथाभावी फोहोर फालेको पाइएमा ५ सय, १ हजार, ५ हजारदेखि ११ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको महानगरपालिकाले जनाएको छ ।०७५ सालमा ल्याइएको वीरगञ्ज महानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐनले महानगरपालिकाले तोकी दिएको समय र स्थान बाहेक अन्यत्र फोहोरमैला निस्कासन गर्न निषेध गरेको छ ।त्यस्तो कसुर गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजारसम्म र तेस्रो वा त्यो भन्दा बढी पटक अटेरी गरेको खण्डमा १५ हजारका दरले जरिवाना हुने उल्लेख छ ।घर, कम्पाउन्ड वा परिसरको फोहोरमैला सडक वा अन्य सार्वजनिक स्थलमा जथामावि राख्न, फाल्न वा थुपार्न निषेध गरिएको छ । त्यसो गरेमा ५ हजारदेखि १५ हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ ।